हामी यो खबर सुन्दा दुखी छौ कि खुला ज्ञानका भारतिय दूत तथा यस क्षेत्रका एक प्रमुख व्यक्तित्व, शुभजित गांगुलीको असामयिक निधन भयो ।
शुभजित गांगुली छोटो अवधिको बिरामीपछि, त्यहाको समय अनुसार अप्रिल ७ तारिकमा ३० वर्षको अल्पायुमै भारतको कोलकत्तास्थित आफ्नो गृहनगरको अस्पतालमा बित्नु भएको छ । वहाँको निधनले सम्पुर्ण परिवार, अाफन्तजन, सहयोगी र साथीभाई लगायत विश्वव्यापी खुला डेटा र खुला ज्ञान समुदायमा नै ठुलो आघात पुगेको छ।
शुभजित गांगुली न्याय र समानता लागि एक कठोर अधिवक्ताका रुपमा चिनिनुहुन्थ्यो। वहाँले खुला डाटा, खुला विज्ञान र खुला शिक्षा जस्ता विषयका सबै क्षेत्रमा आफ्ना दुवै व्यावसायिक र व्यक्तिगत समयको ठूलो भाग समर्पित गर्नुभएको थियो, साथै यी विषयहरूका एक बलियो प्रस्तावक र समुदाय निर्माताका रूपमा चिनिनुहुन्थ्यो।हालै, वहाँ “भारत खुला डाटा शिखर सम्मेलन” का मुख्य उत्प्रेरक र आयोजक हुनुका साथै भारतीय स्थानीय शहर जनगणना परियोजनाको सफलतापुर्वक समेत नेतृत्व गर्नुभएको थियो। यसका साथै वहाँको अहम मुद्दा :राजनीतिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न विश्वव्यापी खुला डेटा सूचकांकका एक डेटासेट प्रस्तुतकर्ता र समीक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो। विश्वव्यापी खुला डेटा सूचकांक एक विश्वव्यापी समुदाय-संचालित परियोजना हो जसले विश्वव्यापी डेटासेटबिच खुलापनको तुलना गर्दछ।
शुभजितले विगत २ बर्षदेखि आफ्नो अमुल्य समय खुल्ला डेटा परिदृश्य भित्र रहेका अन्य समूह र पहल समन्वय गर्नमा खर्चिँदै “खुल्ला ज्ञान भारतको स्थानीय समूह” निर्माणमा समेत उल्लेख्य योगदान गर्दै आउनुभएको थियो। गएको ग्रीष्म ऋतुमा, वहाँ भारत, एसिया प्यासिफिक र विश्वव्यापी रुपमै खुल्ला डेटा र खुल्ला ज्ञानको भविष्य निर्धारण गर्नका लागि विभिन्न राष्ट्रका समुदाय अगुवाका साथमा वर्लीनमा आयोजित खुल्ला ज्ञान महोत्सवमा उपस्थित हुनुहुन्थ्यो।
पछील्लो केही दिन देखी शुभजितले गरेका काम प्रति बिभिन्न देशका समुदायका अगुवा साथै सदस्यहरुद्वारा खुलेर प्रसंशा गर्नुका साथै समवेदना व्यक्त गरिएको छ। वहाँ सदैव हामीमाझ रहनुहुनेछ र वहाँको निधन प्रतिको विश्वभरका दुःखद् आवाजमा हामी पनि सामेल छौँ।
यस दु:खद् घडीमा वहाँको परिवार, आफन्त र साथीहरुप्रती हार्दिक समवेदना प्रकट गर्दै वहाँको कार्य र कार्यदिशा दुनियाभरका मानिसहरुका लागि एक महत्वपूर्ण उदाहरण बन्नेछ भन्ने आशा व्यक्त गर्दछौँ । वहाँको आत्माले चिर शान्ति पाओस् भनि प्रार्थना गर्दछौँ।



